प्रदेश १ को नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को सुझाव

परिषद्ले प्रथम प्रदेश अधिवेशनबाट एक नम्बर प्रदेशको नाम सगरमाथा राखेको थियो।

नेपालभ्युज

प्रदेश १ को नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को सुझाव

विराटनगर। प्राज्ञिक विद्यार्थी परिषद् नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ।

परिषद्को प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सुझाव पत्र बुझाएको हो।

‘हरेक नामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ,’ सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरीतिरिवाज, परम्परा, खानपान, विभिन्न भूगोलका साथसाथै आ–आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकूल महसुस गर्न सक्छ। त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महसुस गर्न सकिने खालको नाम राख्दा उचित हुन्छ।’

नेपालको नाम विश्वमा चिनाउन सफल सबैले गौरव गर्ने, सबै समुदायको भावना समेटिने विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा पर्ने भएकाले यो भन्दा उत्तम विकल्प कुनै पनि नहुने भएकाले प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न परिषद्ले अनुरोध गरेको छ। यही नामले प्रदेशका सम्पूर्ण जनताहरूलाई आत्मगौरवका साथ भावनात्मक एकताको सुत्रमा बाँध्ने परिषद्को विश्वास छ।

परिषद्ले प्रथम प्रदेश अधिवेशनबाट एक नम्बर प्रदेशको नाम सगरमाथा राखेको थियो। सोहीअनुसार विद्यार्थी परिषद्ले सांगठनिक रूपमा सगरमाथा प्रदेशको नामबाट आफ्नो कार्य गर्दै आइरहेको प्रदेश सचिव विवस कटवालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved