पदाधिकारी टुङ्ग्याउन माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

बैठकले एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षलगायत केही केन्द्रीय सदस्य चयन गर्नेछ। तर, अन्य पदभन्दा महासचिव को बन्ला भन्ने चासो बढेको छ।

नेपालभ्युज

पदाधिकारी टुङ्ग्याउन माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं। यसअघि दुईपटक सारिएको सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक बस्दै छ। बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने छ। यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो। तर, नबसी आजका लागि सारिएको हो।

पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुङ्गिएको थियो। २३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो। केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो। १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।
सोमबारको बैठक कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित हुने केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। उनले, भने “बैठकको कार्यसूची कार्ययोजना निर्माण र सङ्गठनको विषय हो। पदाधिकारी चयन आइतबारै टुङ्गो लगाउने तयारी छ।”
माओवादी बैठकले एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षलगायत केही केन्द्रीय सदस्य चयन गर्नेछ। तर, अन्य पदभन्दा महासचिव को बन्ला भन्ने चासो बढेको छ। महासचिवमा पछिल्लो समयमा जनार्दन शर्मा र वर्षमान पुनको चर्चा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved