२ बजेका लागि सारियो माओवादी केन्द्रीय समिति बैठक

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नुपर्ने कारणदेखि पार्टीका अन्य गतिविधिको रिपोर्टिङ पेश गर्ने कार्यक्रम रहेको छ।

नेपालभ्युज

२ बजेका लागि सारियो माओवादी केन्द्रीय समिति बैठक

काठमाडौं। आइतबार बिहान ११ बजे तय गरिएको नेकपा माओवादी केन्द्रीय समितिको बैठक २ बजेका लागि सारिएको छ। आन्तरिक छलफलका लागि बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताए।

आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नुपर्ने कारणदेखि पार्टीका अन्य गतिविधिको रिपोर्टिङ पेश गर्ने कार्यक्रम रहेको छ।

यसैगरी बैठकले पदाधिकारी र स्थायी समिति चयन गर्ने भएको छ। यसअघि शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएकाले पदाधिकारी र स्थायी समिति चयन हुन सकेको थिएन।

१८ पुसमा सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो। तर, पदाधिकारी, स्थायी समितिलगायतका संरचना टुङ्गो लाग्न सकेको छैन। १९ पुसमा गतेको केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरे पनि बाँकी अन्य पदाधिकारीको निर्णय गर्न सकेन। माओवादीमा निर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

माओवादी बैठकले एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षलगायत केही केन्द्रीय सदस्य चयन गर्नेछ। तर, अन्य पदभन्दा महासचिव को बन्ला भन्ने चासो बढेको छ। महासचिवमा पछिल्लो समयमा जनार्दन शर्मा र वर्षमान पुनको चर्चा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved