बुढानिलकण्ठ मृत्युः पैसा लेनलदेको विषयमा साथीबाटै हत्या

नेपालभ्युज

बुढानिलकण्ठ मृत्युः पैसा लेनलदेको विषयमा साथीबाटै हत्या

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुलेको छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। राउत यही १६ फागुनदेखि हराएका थिए। उनको शव १७ गते फेला परेको थियो। घटना अनुसन्धानका लागि प्रहरीले कुकुरको समेत प्रयोग गरेको थियो।

उनको शवलाई अहिले परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २४ वर्षीय याकुब चौधरी र १८ वर्षीय करण पासवानलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूबीच पैसाको लेनदेनका विषयमा विवाद हुँदा हत्या गरेको अनुसन्धानमा खुलेको छ। उनीहरू लागुऔषध कारोबार तथा सेवानमा समेत संलग्न रहेको पाइएकाले अनुसन्धान जारी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved