सभामुखबारे गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित : निजी सचिवालय

विज्ञप्तिमा नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक भएको उल्लेख छ।

नेपालभ्युज

सभामुखबारे गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित : निजी सचिवालय

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाका विषयमा गरिएका प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उनको निजी सचिवालयले जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेदजनक भएको उल्लेख छ।

‘उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved