राप्रपामा रेखा थापासहित १४ केन्द्रीय सदस्य मनोनित

नेपालभ्युज

राप्रपामा रेखा थापासहित १४ केन्द्रीय सदस्य मनोनित

काठमाडौं। राप्रपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले रेखा थापासहित  १४ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ। राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

मनोनित हुनेहरूः

लीलादेवी श्रेष्ठ (इलाम), विन्दु पौडेल (नवलपुर), रेखा थापा (काठमाडौं), प्रेक्षा मल्ल धनुषा, मीना झा (सर्लाही), सन्तोषी शाही ठकुरी (सुर्खेत), स्वाती थापा (रुपन्देही), पुष्पा रजौरिया (कपिलवस्तु), लक्ष्मी तण्डुकार (काठमाडौं), समृद्धि राणा (उदयपुर), मीना न्यौपाने (चितवन), शान्ति माया गुरुङ (धादिङ), जयाकुमारी महतो (सप्तरी) र सावित्रा थापा (काठमाडौं) छन्।

आजै पार्टीको केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बस्दै छ। पार्टी अफिस धुमबाराहीमा आज दिउँसो बैठक हुने। बैठक स्थानीय तह निर्वाचनको तयारीबारे केन्द्रित हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved