व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

नेपालभ्युज

व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। संशोधनबिना अमेरिकी  सहयोग परियोजना एमसीसी संसद्बाट पास हुन नहुने अडान लिएको नेकपा माओवादी केन्द्रले एमसीसी पारित गर्ने निर्णय गरेको छ। आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले विवादास्पद बुँदामा व्याख्यात्मक टिप्पणी राखेर एमसीसी पारित गर्ने निर्णय गरेको हो।

एमसीसी पारित गर्ने विषयमा केहीबेरमा सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ।

आज दिउँसो १ बजे एमसीसीमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दैछ। एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको जनाइएको छ। गत ८ फागुनमा संसद्मा टेबल भएको एमसीसी सरकार आवद्ध दलहरूले समर्थन गरी पास गर्नेगरी बैठक बस्न लागेको हो।

एमालेले एमसीसी अनुमोदनका लागि सघाए एमालेका माग पूरा गर्न कांग्रेस सहमत भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले गठबन्धन बचाउन एमसीसी अनुमोदनका लागि सहयोग गर्न प्रतिबद्धता गरेको बताइएको छ।

तर, माओवादीले व्याख्यात्मक टिप्पणीलाई संशोधनकै रूपमा व्याख्या गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved