नेपाली सेनाको तीनदिने प्रदर्शनी शुरू

नेपालभ्युज

नेपाली सेनाको तीनदिने प्रदर्शनी शुरू

काठमाडौं । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा तीनदिने बृहद् प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा नेपालका सेना नायक लगायतका तस्बिर, सैनिक ब्यान्ड, हातहतियार, उपकरण, पोसाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माणमा सहभागितासम्बन्धी इतिहासदेखि वर्तमानसम्मका विषयवस्तु समेटिएको छ।

राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जगेर्ना, पदिक फौज र मद्दति अङ्ग, घोडचढी तथा भैरव वहान गुल्म, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण सुरक्षा गतिविधिबारे प्रदर्शनी अवलोकन गरी जानकारी लिन सकिनेछ।

सेनाले फागुन १७ गते महाशिवरात्रिका दिन सेना दिवस मनाउँदैछ। निःशुल्क प्रवेशको सुविधा रहेको सैनिक केन्द्रीय पुस्तकालय अगाडि मैदानमा तीन दिनसम्म बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रधानसेनापति प्रभुराम शर्माले प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मी कुराकानी गर्दै  गैरसैनिक नागरिक र विद्यार्थीलाई नेपाली सेनाको सङ्गठन, जिम्मेवारी, उपकरण, सैनिक नागरिक सम्बन्ध लगायतका विषयमा जानकारी लिने सन्दर्भमा निकै ज्ञानवर्धक रहने विश्वास व्यक्त गरे।

उनले भने, “नेपाली जनतालाई सेनाको गौरवमय इतिहास र वर्तमानबारे एकै स्थानबाट थाहा पाउन सजिलो होस् भन्ने हेतुले प्रदर्शनी आयोजनाको छ।”

प्रधानसेनापति शर्माले सैनिक नागरिकको सम्बन्ध, नागरिकले सेनालाई सहयोग पुर्या‍‍उन सक्ने क्षेत्र र विषय, विपद्का बेला उपकरणको उचित प्रयोगबारे जानकारी दिने उद्देश्य रहेको प्रदर्शनी अवलोकनबाट बहुपक्षीय फाइदा लिन सकिने उल्लेख गरे।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सेनाबारे समाजका विभिन्न तह र तप्काका व्यक्तिलाई बुझ्न सहयोग मात्र होइन, सैनिक इतिहास बुझ्न सबैका लागि ज्ञानवद्र्धक हुने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved