एमसीसीबारे माधव नेपाल भन्छन्, ‘हामीले विरोध नगरेको भए ओलीले देश सिध्याइसकेका थिए’

नेपालभ्युज

एमसीसीबारे माधव नेपाल भन्छन्, ‘हामीले विरोध नगरेको भए ओलीले देश सिध्याइसकेका थिए’
फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी सम्झौता गरी देश सिध्याउनतर्फ लागेको बताएका छन्।

पार्टीनिकट प्राध्यापकहरुको संगठनलाई सम्बोधन गर्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी ओली सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्झौता गरेर आएको दाबी गरे। उनले पछि आफूहरूले विरोध गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त सूचीबाट नेपालको नाम हटाएको बताए।

‘‘एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको केपी ओलीको सरकारले हो, ओली सरकारका मन्त्री प्रदिप ज्ञवालीले यस्तो कागजमा सही गरेर आएका हुन्,” उनले भने, ‘‘हामीले जोडदार विरोध गरिसकेपछि अहिले बाइडेनको सरकारले त्यसबाट नेपालको नाम काट्न लगाए नत्र त केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई ।’’

एमसीसी  यथास्थितिमा पारित हुन नदिने अडान दोहोर्‍याउँदै उनले नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंग बन्न नसक्ने बताए। विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved