एमसीसी पास गर्ने उपाय खोज्दै प्रचण्ड-नेपाल, सत्ता-गठबन्धन जोगाउन देउवासँग पालैपालो भेट

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर एमसीसी पास गर्ने तयारी अगाडि बढाएपछि प्रचण्ड-नेपालले एमसीसी पास पनि गर्ने र गठबन्धन पनि जोगाउने विकल्पको खोजीमा लागेका छन्।

नेपालभ्युज

एमसीसी पास गर्ने उपाय खोज्दै  प्रचण्ड-नेपाल, सत्ता-गठबन्धन जोगाउन देउवासँग पालैपालो भेट

काठमाडौं। सत्तारुढ गठबन्धन फूटको संघारमा पुगेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अघि सारेका छन्। एमालेसँग प्रधानमन्त्री शेरबहादुर देउवा सहमति नजिक पुगेको देखेका प्रचण्ड र नेपाल एमसीसी पास गर्ने उपायको खोजीमा लागेका हुन्।

नेपालले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता पास गरेर अघि बढ्न प्रचण्ड–नेपाल लचिलो देखिएका हुन्। प्रधानमन्त्री देउवासँग नेपालले छलफल गरेपछि प्रचण्डले एमसीसी पास गरेर गठबन्धन जोगाउने बताएका हुन्।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग मिलेर भए पनि एमसीसी सम्झौता पास गर्ने र त्यसका लागि सभामुख अग्नि सापकोटालाई पनि हटाउन तयार देखिएपछि प्रचण्ड अत्तालिएका हुन्। उनले नेपाललाई अघि सारेर गठबन्धन पारित गर्ने उपाय खोज्न प्रस्ताव गरेका थिए।

उता, नेपालको दल नेकपा ९एस० एमसीसी विवादकै कारण संकटग्रस्त बनेको छ। मन्त्रीहरूले पार्टी एमसीसीको विपक्षमा गएमा पार्टीको निर्णयविपरीत जाने धम्की दिएपछि निर्माण नै पूरा नभएको उक्त पार्टीभित्र चुलिएको हो। त्यसैले अस्तित्वकै संकटमा पुगेका नेपाल पार्टीको पटक–पटकका निर्णय उल्टाउँदै पास गर्न ‘फेस सेभिङ’ खोज्न लागेका हुन्।

नेपालको भेटलगत्तै आफ्नै निवास, खुमलटारमा सचिवालय बैठक डाकेका प्रचण्डले भनेका छन्, “एमसीसीकै कारण गठबन्धन भत्काउन सकिन्छ भनेर थुप्रै तत्वहरू लागेका छन्। देशी–विदेशी सबै यही कुरामा खनिएका छन्। यस्तो बेलामा फेरि एकपटक हामीले संघर्षबाट बनेको गठबन्धन बचाउनुपर्छ।”

प्रचण्डले आफूहरूले एमसीसीबारे आफूहरूले गरेको राष्ट्रघाती भन्ने प्रचार नै घातक भएकोमा उनमा पश्चात्ताप भाव देखिएको थियो। “हाम्रै जोडबलमा यो गठबन्धन बनेको हो। जनतामा एमसीसी राष्ट्रघाती भएकाले पास गर्नुहुन्न भन्ने परिसकेको छ। यस्तो बेला एमसीसीलाई अगाडि बढाउने अवस्था पनि छैन”, प्रचण्डले भनेका थिए, “गठबन्धन भत्काउने गरी कांग्रेसभित्रकै नेताहरू लागेको मलाई प्रधानमन्त्री शेरबहादुर देउवाजीले बताउनुभएको छ। कांग्रेसभित्रै पनि एमसीसीकै आधारमा देउवाजीलाई असफल बनाउने प्रयास भइरहेको देखिन्छ। अब हामीले एमसीसीमा साझा धारणा खोजी गर्ने हो।”

प्रधानमन्त्रीसँग नेपालको भेटबारे जानकारी लिएपछि प्रचण्डले सचिवालयका नेताहरूसँग छलफल गरेका थिए। सचिवालयका नेताहरूसँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न ले आफ्ना दलका नेताहरूसँग छलफल गरेपछि प्रधानमन्त्री देउवासँग भेट गरेका छन्। देउवासँग बालुवाटारमा गठबन्धन जोगाउनेबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

उचा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि देउवालाई बालुवाटारमा भेटेपछि आफ्ना दलका शीर्ष नेतालाई सिंहदरबारमा छलफल गरेका थिए।

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर एमसीसी पास गर्ने तयारी बढाएपछि प्रचण्ड-नेपालले एमसीसी पास पनि गर्ने र गठबन्धन पनि जोगाउने विकल्पको खोजीमा लागेका छन्।

यो पनि

सत्ता गठबन्धन धरापमा, सभामुख हटाउने शर्तमा अर्को समीकरणको कोशिश

कांग्रेस–एमालेको निशाना सभामुख, राजीनामा नगरे हटाउन दुवै दल एकमत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved