युद्ध रोक्न उपदेश दिएपछि तालिवानको ट्रोल, प्रयोगकर्ता लेख्छन्,”पृथ्वी पल्टिएलाजस्तो छ”

नेपालभ्युज

युद्ध रोक्न उपदेश दिएपछि तालिवानको ट्रोल, प्रयोगकर्ता लेख्छन्,”पृथ्वी पल्टिएलाजस्तो छ”
फाइल तस्वीर

एजेन्सी । रुस–युक्रेनबीच जारी युद्ध रोक्नका लागि तालिवानले अपिल गरेको छ। तालिवानले दुबै देशलाई संवादका माध्यमबाट शान्तिपूर्ण रुपमा समस्याको समाधान निकाल्न अपिल गरेको हो।

‘‘युद्धमा सहभागी देशहरुलाई त्यस्तो कुनै पनि कदम नउठाउन आग्रह गर्दछौं, जसले हिंसालाई प्रश्रय देओस्। हामी युद्धमा फसेका नागरिकलाई लिएर चिन्तित छौं,’ अफगानिस्तानको विदेश विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहर बाल्खीले रुस–युक्रेनको अवस्थालाई तालिवानले नियालिरहेको जनाएका छन्। यस युद्धमा तालिवानले कसैको पक्ष नलिएको पनि उनले जनाएका छन्।

सामाजिक सञ्जालमा प्रयोगकर्ताले गरे ट्रोल
तर, तालिवानको यस्तो विज्ञप्तिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले मजाकमा उडाएका छन्। एक प्रयोगकर्ता कोर्नेलिजले ट्वीट गरेका छन्,‘‘तालिवानले शान्तिको अपिल गरिरहेछ। लाग्छ, कि पृथ्वी पल्टने दिन नजिक आइरहेको छ।’’

अर्का प्रयोगकर्ता अरशले लेखेका छन्, ‘के तालिवानको शीष नेतृत्व कमेडी पोस्टका लागि आवदेन दिन गइरहेको छ ?’’

तालिवान आफैं हिंसाको बलमा अफगानिस्तानको सत्तामा आएको हो। अगस्ट २०२१ मा बन्दूककै सहारामा उसले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved