गृहमन्त्री खाँणलाई ओलीले भने, ‘एमाले आफ्नो मागबाट पछि हट्दैन’

अध्यक्ष ओली एमालेले संसद्मा राखेको माग पूरा नभएसम्म संसद् शुचारु हुन नदिने अडानमा कायमै रहे। एमालेको माग पूरा गरेर संसद्मा सबैभन्दा ठूलो दललाई जाने बाटो खोल्न ओलीले सरकारलाई आग्रह पनि गरेका छन्।

नेपालभ्युज

गृहमन्त्री खाँणलाई ओलीले भने, ‘एमाले आफ्नो मागबाट पछि हट्दैन’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहयोगको अपेक्षासहित आफ्नो निवासमा आएका गृहमन्त्री बालकृष्ण खाँणलाई संसद् खुलाउने विषयमा एमाले आफ्नो मागबाट पछि हट्न नसक्ने जवाफ दिएका छन्।

अवरुद्ध संसद् खुलाउने पहलका लागि गृहमन्त्री खाँण बुधबार बिहानै ओलीनिवास बालकोट पुगेका थिए। बालकोटमा खाँणले ओलीसँग संसद् खुलाउन र अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउनका लागि आग्रह गरेका थिए।

तर, अध्यक्ष ओली एमालेले संसद्मा राखेको माग पूरा नभएसम्म संसद् शुचारु हुन नदिने अडानमा कायमै रहे। एमालेको माग पूरा गरेर संसद्मा सबैभन्दा ठूलो दललाई जाने बाटो खोल्न ओलीले सरकारलाई आग्रह पनि गरेका छन्।

एउटै प्रकृतिको कारबाहीमा एउटा पार्टीका लागि फरक र अर्को पार्टीका लागि फरक व्यवहार हुनु गलत भएको भन्दै ओलीले पहिला उक्त कदम सभामुखले सच्याउनुपर्ने बताए। उनले आफूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाही गरेको खण्डमा सदन खुल्ने बताए।

संसद् खुलाउने र एमसीसी पास गराउन आवश्यक पहलका लागि गहृमन्त्री खाँण बालकोट पुगेका हुन्। त्यसअघि, उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved