रूसी कदमले हामी डराएका छैनौँ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

पश्चिमा देशहरुले रूसलाई बिनाकारण आफूले मान्यता दिएको डोनेट्स्क पिपुल्स रिपब्लिक (डीपीआर) र लुहान्स्क पिपुल्स रिपब्लिक (एलपीआर)लाई राष्ट्रको पहिचान नदिन बारम्बार चेतावनीसमेत दिएको छ।

नेपालभ्युज

रूसी कदमले हामी डराएका छैनौँ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले पूर्वी युक्रेनका दुई भागलाई स्वतन्त्र राज्यको मान्यता दिएको विषयमा आफ्ना देशका जनता ‘नडराएको’ दाबी गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले यी क्षेत्रमा ‘शान्ति कायम’ राख्नका लागि सेना तैनाथ गर्ने बताएका छन्।

युक्रेनमा बढ्दो राजनीतिक संकटको समाधानका गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको थियो। भने, अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युक्रेनको सम्प्रभूता र क्षेत्रीय अखण्डतामा अकारण हस्तक्षेप’ गरेको आरोपसमेत लगाएको छ।

यस्तै, पश्चिमा देशहरुले रूसलाई बिनाकारण आफूले मान्यता दिएको डोनेट्स्क पिपुल्स रिपब्लिक (डीपीआर) र लुहान्स्क पिपुल्स रिपब्लिक (एलपीआर)लाई राष्ट्रको पहिचान नदिन बारम्बार चेतावनीसमेत दिएको छ।

केही समयअघि देखि नै रूसले युक्रेन सीमामा आफ्नो सेना तैनाथ गर्दै आएको थियो। सेना तैनाथको विषयलाई लिएर अमेरिका लगायतका केही पश्चिमा देशले रूसले युक्रेनमाथि हमला गर्नसक्ने योजना बनाएको समेत दाबी गरेका थिए। यद्यपि, रूसले भने आफूले त्यस्तो कुनै योजना नबनाएको दाबी गर्दै आएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved