गठबन्धनको बैठक जारी, एमसीसीबारे निर्णय हुने

साझा धारणाका लागि यसअघि पनि गठबन्धनभित्र पटक-पटक प्रयास भएकोमा बैठक बिना निष्कर्ष टुंगिएका थिए।

नेपालभ्युज

गठबन्धनको बैठक जारी, एमसीसीबारे निर्णय हुने

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ।

एमसीसी संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन गठबन्धन बैठक बसेको हो। अग्नि सापकोटाले कार्यव्यवस्था समितिमा दलहरूबीच सहमति जुटे सम्झौतालाई संसद्मा टेबल गर्ने बताएपछि गठबन्धनका बैठकले यसबारे छलफल गर्न लागेको हो।

आइतबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठकअघि एमसीसीबारे साझा धारणा बनाउनेगरी बैठक बसेको हो। बैठकमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन्। एमसीसीको पूर्ण विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले आज पनि बैठक बहिष्कार गरेको छ।

साझा धारणाका लागि यसअघि पनि गठबन्धनभित्र पटक-पटक प्रयास भएकोमा बैठक बिना निष्कर्ष टुंगिएका थिए।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेश गर्ने सरकारको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved