शहीद स्मारक ए डिजिजनमा आजको खेलः रेलिगेशन जोनबाट दुवै टोलीलाई बच्ने अवसर

नेपालभ्युज

शहीद स्मारक ए डिजिजनमा आजको खेलः रेलिगेशन जोनबाट दुवै टोलीलाई बच्ने अवसर

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगको रेलिगेशन जोनमा रहेर उठ्न संघर्षरत दुई क्लबबीच आज प्रतिस्पर्धा हुँदै छ।

दबाबमा रहेको फ्रेन्ड्स क्लब र अंक तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबबीच हुने खेलबाट १२ औं चरणको शुरुआत हुनेछ। दशरथ रंगशालामा यी दुई टोलीबीच आज दिउँसो १ बजे खेल हुँदै छ।

फ्रेण्डस जम्मा सात अंकका साथ १२ औं स्थानमा रहँदा च्यासल भने ६ अंकका साथ पुछारमा छ। सातै अंक भए पनि ब्रिगेड ब्याइज क्लब गोलअन्तरका कारण फ्रेण्डसभन्दा एक स्थान तल छ।

सबैभन्दा दबाबमा च्यासल छ। एउटा मात्र जित निकालेको च्यासलले २ खेलमा बराबरी र बाँकीमा हार बेहोरेको थियो। अन्तिम दुई खेल जित्न सके टोलीको रेलिगेसन खतरा टार्न सक्छ। आजको खेलमा जित निकाल्न सके च्यासल पुछारबाट १२ औं स्थानमा उक्लिने छ भने फ्रेण्डस ११ औं स्थानमा आइपुग्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved