एमसीसीमाथि संसद्मा छलफल हुनुपर्छ, जनताले थाहा पाउनुपर्छ : भीम रावल

संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रावलले एमसीसीबारे जनताले संसद्मार्फत थाहा पाउन आवश्यक रहेको भन्दै उक्त सम्झौतामाथि संसद बैठकमा छलफल हुनुपर्ने बताए।

नेपालभ्युज

एमसीसीमाथि संसद्मा छलफल हुनुपर्छ, जनताले थाहा पाउनुपर्छ : भीम रावल

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको कट्टर विरोधी रहेका नेकपा एमालेका नेता भीम रावलले उक्त सम्झौताबारे संसद्मा छलफल हुनुपर्ने बताएका छन्।

संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै रावलले एमसीसीबारे जनताले संसद्मार्फत थाहा पाउन आवश्यक रहेको भन्दै उक्त सम्झौतामाथि संसद बैठकमा छलफल हुनुपर्ने बताए।

एमसीसी नेपालको सार्वभौमिकतासँग जोडिएको विषय भएकाले संसद्मा आफ्ना जनप्रतिनिधिमार्फत जनताले सबै दफाहरुबारे लजानकारी पाउन आवश्यक भएकाले उक्त सम्झौताबारे छलफल हुनुपर्ने रावलको तर्क छ।

“एमसीसी सम्झौता नेपालको हितमा छैन,” नेता रावलले भने, “प्रधानमन्त्री देउवाजीलाई मेरो चुनौती छ, मैले उठाएका प्रश्नहरुको जवाफ दिनसक्नुहुन्छ?”

रावलले आफूले एमसीसीबारे उठाएका कुरा सम्झौताका दफाहरुमा छैन भनेर कसैले भन्न नसकेको दाबी गरे। उनले प्रधानमन्त्री देउवासँगै उनका प्रवक्ताले पनि त्यसबारे जवाफ नदिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved