संशोधनबिना कुनै हालतमा एमसीसी पास हुन्न : ओनसरी घर्ती

बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आवश्यक परे सरकार छाड्ने बताउने पनि उनले बताइन्।

नेपालभ्युज

संशोधनबिना कुनै हालतमा एमसीसी पास हुन्न : ओनसरी घर्ती

काठमाडौं। पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संशोधनबिना कुनै हालतमा एमसीसी पास नगर्ने बताएकी छन्।

अहिले नै सरकारले एमसीसी पास गर्ने दिशामा गए आफूहरु सरकारमा नरहने घर्तीले बताइन्। नेपालभ्यूजसँगको कुराकानीमा उनले यथास्थितिमा एमसीसी पास गर्ने अवस्था बने माअ‍ोवादी सरकारबाट बाहिरिने बताइन्।

संसदीय दलको निर्णय र माओवादीको प्रष्ट अडान राख्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार गएको पनि घर्तीले बताइन्। बालुवाटारमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आवश्यक परे सरकार छाड्ने बताउने पनि उनले बताइन्।

बिहान बसेको संसदीय दलको बैठकमा वर्षमान पुन पनि सहभागी भएका छन्।

थाइल्याण्ड र चीनमा चार महीना लामो उपचारबाट स्वदेश फर्किएपछि पहिलोपटक नेता पुन पनि बैठकमा उपस्थित भएका हुन्। उपचारका लागि १३ असोजमा थाइल्याण्ड गएका पुन १० माघमा नेपाल आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved