महाअभियोगबारे सत्तारुढ जसपाः हतारमा टिप्पणी नगर्ने, भोटिङमा मात्रै खुल्ने

जसपा संसदीय दलको प्रमुुख सचेतक प्रमोद साहले नेपालभ्यूजसँग कुरा गर्दै महाअभियोगको बारेमा अहिले नै आफूले कुनै टिप्पणी नगर्ने बताए। “संसदीय दलको निर्णय भोटिङमा गएपछि आवश्यक पर्छ,” साहले भने, “अहिले नै हतारमा टिप्पणी गर्दिनँ, विकसित राजनीतिक घटनाक्रम नियालिरहेको छु।”

नेपालभ्युज

महाअभियोगबारे सत्तारुढ जसपाः हतारमा टिप्पणी नगर्ने, भोटिङमा मात्रै खुल्ने

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (एस)ले महाअभियोग लगाएपछि तरंगित बनेको नेपाली राजनीतिमा सत्ता घटक जनता समाजवादी पार्टी भने मौन देखिएको छ।

सत्तारुढ दल कांग्रेस, माओवादी र नेकपा एसले आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराउँदा एक सत्तासाझेदार दल जसपाका सासंदहरुको हस्ताक्षरसमेत लिइएन। जसपालाई महाअभियोग बारे थाहा नै दिइएन।

जबराविरुद्धको महाअभियोगबारे औपचारिक प्रतिक्रिया नदिए पनि जसपा अध्यक्ष उपेन्द्र यादवले समसामायिक राजनीतिक घटनाक्रम बारेमा आफू आन्तरिक छलफलमा रहेको बताए। “म अहिले आन्तरिक छलफलमा छुु,” यादवले भने, “छलफलपछि मात्रै पछिल्लो राजनीतिक घटनाक्रम बारेमा टिप्पणी गर्छु।”

आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग आएसँगै राष्ट्रिय राजनीति तरंगित भएको छ। पछिल्लो केही समययता अमेरिकन परियोजना एमसीसीलाई लिएर राजनीतिक रुपमा तीव्र धुव्रीकरण हुँदै आएको थियो।

एमसीसी पास गर्ने कि नगर्ने भन्ने विवादमा सत्तारुढ दलहरु नै रुमिल्एको बेला आइतबार आश्चर्यजनक रुपमा महाअभियोग आएपछि राजनीति थप तरल बन्न पुगेको हो। सत्ता गठबन्धनको उक्त कदमपछि दलहरुका अगामी निर्णय र कदमप्रति चौतर्फी ध्यान केन्द्रित भएको छ।

महाअभियोग दर्ता भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले आइतबार नै सचिवालय बैठक राख्यो। एमालेको संसदीय दलको बैठक अहिले पनि जारी छ।

महाअभियोग पारित गर्न प्रतिनिधिसभाको दुईतिहाइ संख्या चाहिने भएकाले पार्टीहरुलाई संसदीय दलको औपचारिक निर्णय आवश्यक पर्छ। तर, यस प्रकरणमा मौन बसेको सत्तारुढ जसपाले भने संसदीय दलको बैठक गर्ने कुनै सुुरसार गरेको छैन।

जसपा संसदीय दलको प्रमुुख सचेतक प्रमोद साहले नेपालभ्यूजसँग कुरा गर्दै महाअभियोगको बारेमा अहिले नै आफूले कुनै टिप्पणी नगर्ने बताए। “संसदीय दलको निर्णय भोटिङमा गएपछि आवश्यक पर्छ,” साहले भने, “अहिले नै हतारमा टिप्पणी गर्दिनँ, विकसित राजनीतिक घटनाक्रम नियालिरहेको छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved