केपी ओलीको शंकाः स्थानीय तहको चुनाव सार्ने षडयन्त्र भइरहेको छ

नेपालभ्युज

केपी ओलीको शंकाः स्थानीय तहको चुनाव सार्ने षडयन्त्र भइरहेको छ

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै स्थानीय तहको निर्वाचन गर्नेमा शंका व्यक्त गरेका छन्। सातै प्रदेशमा आयोजित चुनावकेन्द्रित पार्टी प्रशिक्षण कार्यक्रमको भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गरेका ओलीले चुनाव सार्ने षडयन्त्र भइरहेको बताए।

आसन्न स्थानीय तह निर्वाचनमा बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि उनले सत्ताघटक दललाई चेतावनी दिए। भने, “‘एकै चरणमा निर्वाचन गर्ने भनेर घोषणा हुँदा पनि गठबन्धनबाट यस्ता कुरा आइरहेका छन् कि चुनाव सार्न सक्ने षडयन्त्र भइरहेको छ, वैशाख ३० मा हुने स्थानीय तहको असाधारण महत्व छ। यो अन्तिम फैसला हैन।”

अबको चुनावमा पनि एमाले नै सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका ओलीले २०७४ सालमा भएको निर्वाचनमा पनि एमालेले सत्तागठबन्धनसँग लडेर सबैभन्दा ठूलो दल भएको बताएका थिए।

सत्ता गठबन्धनले स्थानीय तहको मर्म नै नबुझेको भन्दै एमालेले जोडबल नगरेको भएको चुनावको मिति नतोकिने जिकिर गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved