शेखरले प्रचण्डलाई भने – चुनावी गठबन्धन हुँदैन

नेपालभ्युज

शेखरले प्रचण्डलाई भने – चुनावी गठबन्धन हुँदैन

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्षसँगको भेटवार्ताका क्रममा कांग्रेस नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नसकिने बताएका छन्।

बिहीबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका कोइरालाले प्रचण्डलाई यस्तो बताएका हुन्। करीब डेढ घण्टा भएको उक्त भेटघाटमा अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न सहयोग गर्न कोइरालासँग आग्रह गरेका थिए। तर कांग्रेसले चुनावी गठबन्धन नगर्ने सन्देश कोइरालाले दिएको भेटमा सहभागी कांग्रेस नेता अमरेश कुमार सिंहले जानकारी दिए।

संसदीय हिसाबमा समाधान हुन सक्ने विषयलाई संसदबाट नै निणर्य गर्न पनि नेता कोइरालाले दाहाललाई आग्रह गरेका थिए। कोइरालाको उक्त भनाई एमसीसीसँग जोडिएको छ। एमसीसीलाई माओवादी लगायतका पार्टीले संसदमा अगाडी बढाउन नदिने नीति लिँदै गर्दा कांग्रेस नेताले संसदीय प्रक्रियामा जान आग्रह गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved