कांग्रेस नेता कोइरालाले प्रचण्डलाई भेट्दै

नेपालभ्युज

कांग्रेस नेता कोइरालाले प्रचण्डलाई भेट्दै

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन्। भेटमा पछिल्लो समसामयिक राजनीतिक विषय, एमसीसी, स्थानीय तहको चुनावलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको कोइराला स्रोतले बताएको छ।

पछिल्लो समयमा दलहरुबीचमा एमसीसी विवाद चर्किएको छ। तथा स्थानीय चुनावको मिति घोषणा भएको परिस्थिति छ। यसैबीच कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका छन्।

यसअघि उनले उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास (बालकोट) पुगेर भेटवार्ता गरेका थिए। सो भेटमा पनि यीनै विषयमा चर्चा भएको बताइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved