सरस्वतीको मूर्ति सेलाउन लैजाने क्रममा हिन्दू-मुस्लिमबीच विवाद

नेपालभ्युज

सरस्वतीको मूर्ति सेलाउन लैजाने क्रममा हिन्दू-मुस्लिमबीच विवाद

रौतहट। जिल्लाको इशनाथ नगरपालिका-५स्थित लक्ष्मीनियाँ गाउँमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा विवाद भएको छ।

सोमबार श्रीपञ्चमीको पूजापछि विद्यार्थीहरूले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समूदायका महिलाबाट अवरोध भएपछि विवाद भएको हो।

विवादका क्रममा महिलाहरूले गरेको ढुंगामुढाबाट २ जना प्रहरीलाई चोटपटक लागेको छ। मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा बाजा नबजाउन भएको सहमति अनुसार नै जाँदा केही महिलाले ढुंगामुढा गरेका प्रहरीको भनाइ छ।

उक्त क्षेत्रमा थप अप्रिय घटना नहोस् भनेर जिल्ला प्रहरी प्रमुख, सीडीओ, साथै व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved