माओवादी केन्द्रको मधेस प्रदेश सम्मेलनको तयारी तीव्र

नेपालभ्युज

माओवादी केन्द्रको मधेस प्रदेश सम्मेलनको तयारी तीव्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले भदौमा गर्ने भनेको मधेस प्रदेश सम्मेलनको तयारी अगाडि बढाएको छ । माओवादीले कार्यविभाजनसँगै सोही अनुसार प्रदेशमा राजनीतिक गतिविधिलाई अगाडि बढाएको छ ।

पार्टीले निर्वाचन तथा जिल्ला तहमा कार्यक्रम अगाडि बढाएको मधेस प्रदेशका सहइन्चार्ज विश्वनाथ साहले बताए ।

मधेस प्रदेशका पाँच वटा जिल्लाको कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी ३ जिल्लामध्ये धनुषामा शुक्रबार कार्यक्रम भइरहेको छ । महोत्तरी र सिरहामा कार्यक्रम हुन बाँकी छ ।

महोत्तरी, धनुषा तथा सिरहामा अलि बढी नै विवाद रहेकाले समय लागेको बताउँदै उनले बाँकी जिल्लामा पनि समन्वय गरेर चाँडै कार्यक्रम गरिने जानकारी दिए ।

माओवादी केन्द्र मधेस प्रदेश समितिको सम्मेलन अगामी भदौमा गर्ने निर्णय पार्टीले गरेको छ । सोही अनुसार तल्लो तहदेखि कार्यक्रम भइरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताए ।
पार्टीका कार्यक्रम गर्नुको साथै मधेस प्रदेशमा देखिएको विवाद समाधानका लागि पनि पहल भइरहेको नेताहरु बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved