गोकुल बास्कोटाको व्यंग्य : ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ

नेपालभ्युज

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन लागेको कडा व्यंग्य गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को यूटर्न कहिले देखिने भनी परराष्ट्र मामिलाका ज्ञाताहरूलाई पनि घुमाउरो पाराले सोधेका छन्।

सत्ता गठबन्धनको डोरी पाँच महीनामै चुडिन लागेको लागेको भन्दै उनले खिसिट्युरी पनि गरेका छन्।

हिजो (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष प्रचण्डको हस्ताक्षर भएको एमसीसी मुख्यालयलाई लेखिएको पत्र सार्वजनिक भएको थियो। उक्त पत्रमा दुवै नेताले एमसीसी पास गराउन थप समय मागेको उल्लेख छ। बास्कोटाको लेखाइ यसैप्रति लक्षित छ।

उनले लेखेका छन् – प्रचण्डले युटर्न लिएको देख्न हप्तादिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला रुपरराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरुले ज्ञान फिट्न परो।ओलीले ध्वस्त पारेको विेदेश सम्बन्ध सप्रेको देख्न मन छ।पाँच महिनामै सन्तुलनको डोरी चुडने गरी तान्न नहुनेथ्यो।तर केही छैन। बाँकी तालको पानी माछीले खाने’।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved