शरीरमा पेट्रोल छर्केर आगो लगाएर हत्या

नेपालभ्युज

शरीरमा पेट्रोल छर्केर आगो लगाएर हत्या
प्रतीकात्मक तस्वीर

जनकपुरधाम । सप्तरीका एक युवकले आफ्नै भाउजुलाई पेट्रोल छर्केर ज्युँदो जलाई हत्या गरेका छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका१ धनगढी निवासी परमेश्‍वर साहले भाउजु राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीक श्रीमान् रविन साहको आरोप छ। राजकुमारीको उपचारको क्रममा मृत्यु भएको हो ।

२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय परमेश्‍वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार हुँदै थियो। उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवरको खोजी भइरहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved