यसरी गरियो विद्याकी देवी सरस्वती आराधना (फोटोफिचर)

यसरी गरियो विद्याकी देवी सरस्वती आराधना (फोटोफिचर)

काठमाडौं। आज माघ शुक्ल पञ्चमी हिन्दू धर्मावलम्बीले विद्याकी देवीका रूपमा प्रार्थना गर्ने सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ।

यस अवसरमा विशेष गरी सरस्वती, किताब, कापी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिने गर्छ। आजकै दिनलाई शुभ मानेर बालबालिकालाई अक्षरारम्भ गराउने पनि गरिएको छ।

सरस्वतीलाई देवीका रूपमा मान्ने विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्ने गरेका छन्। यस अवसरमा आज विभिन्न मठमन्दिरमा सरस्वतीको पूजा आराधना तथा विद्यालयमा पहिलोपटक भर्ना हुने विद्यार्थीलाई अक्षरारम्भ गरी मनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved