भूकम्पपीडितलाई पर्यटन मन्त्रालयको चार करोडभन्दा बढी सहयोग

नेपालभ्युज

भूकम्पपीडितलाई पर्यटन मन्त्रालयको चार करोडभन्दा बढी सहयोग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ रुपैयाँ जम्मा गरेको हो ।

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् ।

कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एक करोड, नेपाल वायुसेवा निगमले पच्चीस लाख, पर्यटन बोर्डले ५० लाख, पशुपति क्षेत्र विकास कोषले २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घले एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टरले एघार लाख एघार हजार एक सय ११ र कैलाश हेलिकप्टरले दश लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यस्तै मन्त्रालयमातहत अरु विभिन्न निकायले पनि सहयोग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved