वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री चोपडा

नेपालभ्युज

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री चोपडा

काठमाडौं । भारतीय अभिनेत्री एवं मोडल मिरा चोपडा वैवाहिक बन्धनमा बाँधिएकी छन् ।

४० वर्षीया अभिनेत्री मीराले आफ्नो लामो समयदेखिका प्रेमी तथा व्यवसायी रक्षित केजरीवालसँग जयपुरमा बिहे गरेकी हुन् । मीरा प्रियंका चोपडाकी बहिनी हुन् ।

बिहेका तस्वीर सेयर गर्दै मीरा चोपडाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अब सधैंका लागि खुसी, झगडा, हाँसो, आँसु र जीवनभरका सम्झनाहरू.. हरेक जन्ममा तिमीसँग।

विवाहमा सन्दीप सिंह, आनन्द पण्डित, अर्जन बाजवा र गौरव चोपडालगायत उद्योगका मीराका धेरै नजिकका साथीहरू उपस्थित थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved