काठका भाँडाको सुरक्षा कसरी गर्ने ? जानौं

नेपालभ्युज

काठका भाँडाको सुरक्षा कसरी गर्ने ? जानौं

एजेन्सी । धेरै मानिस आफ्नो भान्सामा काठको भाँडा पनि प्रयोग गर्दछन् । तर काठका भाँडालाई विशेष ख्याल राख्न पनि जरुरी हुन्छ । नत्र ती भाँडा खराब हुन थाल्छन् ।

यहाँ दिइएका केही टिप्सको सहयोगमा तपाईं पनि आफ्नो घरमा भएका काठका भाँडाको सुरक्षा गर्न सक्नुहुन्छ ।

– काठका भाँडालाई कहिल्यै पनि तातो भाँडोमा राखेर नछोड्नुहोस् । खाना पस्कीएपछि वा खानालाई चलाएपछि काठको भाँडोलाई सधै बाहिर राख्ने गर्नुहोस् ।

– काठका भाँडालाई कहिल्यै पनि ग्यासको नजिक नराख्नुहोस्, नत्र जलेर खराब हुन सक्छ ।

– त्यस्तै काठका भाँडालाई लामो समय पानीमा भिजाएर पनि राख्नु हुँदैन । यसो गर्नाले भाँडा खराब हुने तथा गल्ने सम्भावना हुन्छ ।

– काठका भाँडालाई सधैं धोएर घाममा सुकाउनुहोस् । भाँडा सुकिसकेपछि थोरै तेल लगाउनुहोस् । यसरी राख्दा काठ खराब हुँदैन ।

– त्यस्तै काठका भाँडालाई पटक पटक पानीमा भिजाइरहनु पनि हुँदैन । तपाईं यसलाई स्प्रेर तथा सुक्खा कपडाले पनि सफा गर्न सक्नुहुन्छ ।

-काठका भाँडालाई सफा राख्न घरमै बनाएको स्प्रेरको प्रयोग गर्नुहोस् । जसलाई भाँडामा छर्कनुहोस् र सफा कपडाले पुछ्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved