जाडोका खुट्टाः जुत्तामै देखिन्छ सामाजिक असमानता (तस्वीर कथा)

यी दुई दर्जन तस्वीरले नेपाली समाजमा रहेको असमानता झल्काउँछन्।

जाडोका खुट्टाः जुत्तामै देखिन्छ सामाजिक असमानता (तस्वीर कथा)

काठमाडौं। यो सिरेटोको समय हो। हिउँ छोएर आएको चिसो सिरेटोले आँत नै कपाइदिन्छ। तर के गर्नु, चिसो भनेर घरमै बसिरहन पाइँदैन। जीविकाका लागि सडक टेक्नैपर्छ। भुईँ टेक्ने पैतालालाई जुत्ता सहारा भइदिन्छन्। जाडोमा त जुत्ता नभई हुँदैन। भुईँको चिसो छेक्ने पनि।

तर सबै खुट्टालाई उस्तै न्यानोको अवसर कहाँ मिल्छ र ? असमान समाजमा खुट्टाहरूको पनि जुत्ता लगाउने आफ्नो हैसियत हुन्छ। कसैको खुट्टामा न्याना बुट, राम्रा जुत्ता पर्छन्। त कसैका खुट्टाले जुत्ता नै पाउँदैनन्।

अर्थशास्त्रीहरू यो असमानतालाई आंकडामा हेर्छन्। हालै प्रकाशित एक प्रतिवेदनले कोभिड महामारीकै बीचमा असमानता झनै बढेको तथ्य सार्वजनिक गरेको छ। कोभिड महामारीकै बीचमा विश्वका १० धनाढ्यको सम्पत्ति दोब्बर भएको छ भने संसारभरका थप १६ करोड मानिस गरिबीको रेखामुनि पुगेका छन्।

ती धनाढ्यका खुट्टाले पाउने जुत्ता र जुत्तै नपाउने ती गरीबका खुट्टालाई क्यामेराको एउटै लेन्सले हेर्दा कस्तो देखिएला? विश्वका धनाढ्य र तन्नम गरीबको खुट्टा नेपाली क्यामेराले नभेट्नसक्छ । तर नेपाली समाज पनि कम असमान छैन। गरिबीले उस्तै पीडित जो छ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘बहुआयामिक गरिबी सूचक-२०१९’ अनुसार अहिले पनि नेपालमा सयमा १७ जना बहुआयामिक गरीब छन्। यो गरिबी शहरमा कम छ भने गाउँमा बढी। शहरीया जनसंख्याको १२.३ प्रतिशत बहुआयामिक गरीब छन् भने ग्रामीण जनसंख्याको २८ प्रतिशत।

यी दुई दर्जन तस्वीरमा त्यही असमानता झल्काउने जुत्ताहरूको कथा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved