शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै मुद्दा

नेपालभ्युज

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै मुद्दा

काठमाडौं । बालविकास सहयोगी कार्यकर्तामा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएको भन्दै मुद्दा दर्ता भएको छ ।

कैलालीको बर्दगोरीया गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय कोटा तुल्सीपुरमा कार्यरत कार्यरत निरञ्जना मल्लविरुद्ध मुद्दा दर्ता भएको हो ।

मल्लमाथि माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाईस्कुल परीक्षाको नक्कली प्रमाणपत्र पेस गरेको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बालबिकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी मल्लले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनलाई सोही कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी समेत गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved