स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा प्रदर्शन

नेपालभ्युज

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा प्रदर्शन

गौर । नेकपा एमाले निकट युवाहरूको अगुवाईमा स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा बृहत् प्रदर्शन भएको छ। राष्ट्रिय युवा संघ नेपाल, रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्यालीको आयोजना गरेको हुन्।

उनीहरुले स्थानीय निर्वाचनको मिति घोषणा गर, अपराधी मन्त्री रेणु यादव राजिनामा दे, लुट–आतंक बन्द गर, मापसे सरकार मुर्दावादजस्ता नारा लगाएका थिए। गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै संघका स्थायी कमिटी सदस्य एवम् एमाले रौतहटको जिल्ला कमिटी सदस्य निवेश यादवले दलाल गठबन्धनको सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिन आग्रह गरे।

यादवले तत्काल निर्वाचनको घोषणा नगरेको खण्डमा सरकारविरुद्ध देशभर युवा संघद्वारा जारी सडक संघर्ष अझ सशक्त बनाउने गर्ने उद्घोष गरे।

राष्ट्रिय युवा संघले गत साता रौतहट सदरमुकाम गौरमा मन्त्री रेणु यादवको बर्खास्ती लगायतको माग राख्दै प्रदर्शन गरेको थिए। दुबै प्रदर्शन संघको जिल्ला संयोजक बालाशंकर कुश्वाहाको नेतृत्वमा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved