कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, भर्चुअल माध्यमबाट बस्ने

बैठकमा राष्ट्रिय सभा चुनावको समीक्षासँगै स्थानीय चुनावबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, भर्चुअल माध्यमबाट बस्ने

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रवार) ३ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।

बैठक भर्चुअल माध्यमबाट बस्नेछ। कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो।

बैठकमा राष्ट्रिय सभा चुनावको समीक्षासँगै स्थानीय चुनावबारे छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

साथै कार्यसम्पादन समिति गठनबारे पनि छलफल हुन कांग्रेसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved