प्रदेश सरकारकी राज्यमन्त्रीका ‘पीएसओ’ मृत फेला

नेपालभ्युज

प्रदेश सरकारकी राज्यमन्त्रीका ‘पीएसओ’ मृत फेला
सांकेतिक तस्वीर

धनगढी । धनगढीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहोराका का ‘पर्सनल सेक्युरिटी अफिसर’ (पीएसओ)समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका हुन्।

कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनी धनगढी वडा नम्बर ३ गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेका हुन्।

केही दिनदेखि उनी घरमा एक्लै बस्दै आएका थिए। डीएसपी जोशीले भने, “आज परिवारका सदस्य घर फर्किँदा उनी मृत फेला परेका हुन्।”

हवल्दार जोशीको दरबन्दी भने धनगढी गणमा थियो। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

*समाचारमा आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहोराका पीएसओ हुनुपर्नेमा अन्यथा भएकाले सच्याएका छौं


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved