कोरोना सङ्क्रमित बढ्दै, पुनः लकडाउनको त्रास

पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेपछि लकडाउनको चिन्ता थपिएको छ। हप्ता दिनयता नेपालमा कोरोना संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेपछि फेरि लकडाउन हुने आशंका बढेको हो।

नेपालभ्युज

कोरोना सङ्क्रमित बढ्दै, पुनः लकडाउनको त्रास

काठमाडौं। नेपालमा पछिल्लो केही दिनयता कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेपछि लकडाउनको चिन्ता थपिएको छ। हप्ता दिनयता नेपालमा कोरोना संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेपछि फेरि लकडाउन हुने आशंका बढेको हो।

मंगलबार २२ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी बुधबार ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार २३ हजार ४०९ नमुना परीक्षण गरिएको थियो।

गत साताको बिहीबार २७ हजार ४९७ जनाको नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो। शुक्रबार देशभर १० हजार ७०३ जना सङ्क्रमित भएका थिए। यसैगरी शनिबार २० हजार १८७ जनाको नमुना परीक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। आइतबार ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी सोमबार १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको थियो। हिजो (मंगलबार) ११ माघमा १२ हजार ८ जना सङ्क्रमित भए। यसरी हेर्दा सरकारले कोरोना परीक्षणको दायरा बढाउने हो भने सङ्क्रमित अझै बढ्छन्।

यसरी हेर्दा सरकारले कोरोना परीक्षणको दायरा बढाउने हो भने सङ्क्रमित अझै बढ्न सक्ने देखिन्छ। यसले परिस्थिति लकडाउन उन्मुख छ। अब फेरि लकडाउन भए दैनिकी धान्नै मुस्किल पर्ने सर्वसाधारणहरू बताउँछन्।

२०७६ मा १० चैत्र ०७६ शुुरु भएको ६ महिने लामो लकडाउनले धेरैको जीवनलाई नराम्रोसँग प्रभावित तुल्यायो। २०७७ मा चैत १६ बाट लकडाउन भयो। त्यो समयमा सबैतिर मानवीय अवस्था देखिएको थियो। काठमाडौं उपत्यकामा बस्दै आएकादेखि सामान्य व्यवसाय गर्दै जीवनयापन गरिरहेका व्यक्तिले दुःखद अवस्थाको सामना गर्नुपरेको थियो। फेरि लकडाउन भए त्यो अवस्था दोहोरिने आकलन गर्दै त्रास बढेको हो।

जनस्वास्थ्यविद्हरू नेपालमा कोरोना संक्रमण बढिरहेको बेला धेरैमा पुनः लकडाउन हुन सक्ने आशंका पैदा भएको बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved