हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादव भन्छिन् : अतिरञ्जित गरियो

नेपालभ्युज

हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादव भन्छिन् : अतिरञ्जित गरियो

काठमाडौं। हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो वक्तव्यलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरि अतिरञ्जित गरिएको बताएकी छन्।

सोमबार प्रेस विज्ञप्ति निकाल्दै उनले आफूले कसैप्रति लक्षित गरी, कुनै पूर्वाग्रह र दुरासयपूर्ण मानसिकताका साथ आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिरप्रक्रियाबाटै राजनीतिक गतिविधि गर्न अभिव्यक्ति दिएको बताएकी छन्।

उक्त वक्तव्य पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरिएको भन्दै उनले आपत्ति जनाएकी छन्। उनले भनेकी छन्, ‘‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दु:ख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु ।”

मन्त्री यादवले ५ माघमा रौतहटको गौरमा आयोजित एक कार्यक्रममा व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकी थिइन्। उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै ‘गौर काण्ड’ दोहोर्‍याउने चेतावनी दिएकी थिइन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved