परीक्षा बोर्डको तयारीः वैशाखमा एसईई र कक्षा १२ को परीक्षा जेठमा

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी शुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे।

नेपालभ्युज

परीक्षा बोर्डको तयारीः वैशाखमा एसईई र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई आगामी वैशाखमा गर्नेगरी तयारी शुरु गरेको छ।

बोर्डले वैशाखमा एसईई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी शुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे।

विद्यार्थीको पढाइ पुर्‍याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो।

परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved