ओलीलाई कोरोना भएपछि रोकियो एमालेको पत्रकार सम्मेलन, प्रेस वक्तव्य आउने

एमालेले पछिल्लो राजनीतिक तथा आर्थिक संकट र प्रधानमन्त्रीको सम्बोधनको विषयलाई लिएर अध्यक्ष ओलीले ब्रिफिङ गर्नेगरी पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

नेपालभ्युज

ओलीलाई कोरोना भएपछि रोकियो एमालेको पत्रकार सम्मेलन, प्रेस वक्तव्य आउने

काठमाडौं। कोरोना संक्रमणको उच्च जोखिमका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजका लागि निर्धारित पत्रकार सम्मेलन स्थगित गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य कोरोना संक्रमित भएसँगै ओलीले सम्बोधन गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको हो।

एमालेले पछिल्लो राजनीतिक तथा आर्थिक संकट र प्रधानमन्त्रीको सम्बोधनको विषयलाई लिएर अध्यक्ष ओलीले ब्रिफिङ गर्नेगरी पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

तर, पछिल्लो समयमा कोरोना संक्रमण ह्वात्तै बढेको तथा सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेकाले पत्रकार सम्मेलन रोकिएको एमालेले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved