अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

स्टुडेन्ट अनलाइन क्लास प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, दुई जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र तीन जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ।

नेपालभ्युज

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

काठमाडौं। नेपालमा कोभिड–१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन्।

यस्तो अवस्थामा विद्यार्थीको सिकाइ नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ।

स्टुडेन्ट अनलाइन क्लास प्याकेजअन्तर्गत एउटा विद्यार्थीका लागि मासिक २८८ रूपैयाँ, दुई जना विद्यार्थीका लागि मासिक ४८८ रूपैयाँ र तीन जना विद्यार्थीका लागि मासिक ५८८ रूपैयाँमा इन्टरनेट प्रयोग गर्न सकिने छ।

यो प्याकेजमा विद्यार्थीलाई अनलाइन क्लासका लागि आवश्यक पर्ने जूम, गूगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका सफ्टवेयर चलाउन चाहिने आवश्यक ब्याण्डविथ उपलब्ध गराइने छ।

अनलाइन कक्षाका लागि एक जना विद्यार्थीलाई १० एमबीपीएस, दुई जना विद्यार्थीलाई १५ एमबीपीएस र तीन जना विद्यार्थीलाई २० एमबीपीएस इन्टरनेट उपलब्ध हुनेछ।

यसबारे थप जानकारीका लागि डिशहोमको हटलाइन नम्बर ९८०१५४४००० वा नजिककको ‘डिशहोम डिलर दाइ’ कहाँ सम्पर्क गर्न सकिने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved