सुदूरपश्चिममा थप ३ सय ८८ जनामा संक्रमण, एकको मृत्यु

नेपालभ्युज

सुदूरपश्चिममा थप ३ सय ८८ जनामा संक्रमण, एकको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण देखिएको छ। पिसीआर र एन्टिजेन विधिबाट एक हजार ३४४ जनाको नमूना परीक्षण गर्दा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पिसीआरमार्फत १८८ र एन्टिजेनमार्फत २०० जनामा पुष्टि भएको हो। पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १७६, डडेल्धुरा अस्पतालमा आठ, कमलबजार अस्पातालमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका ८७, कैलालीका ५२, बाजुरामा छ, दार्चुलाका १३, बझाङका पाँच, बैतडीका सात, डडेल्धुराका १५ र अछामका १५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, गत २४ घण्टामा प्रदेशभर ३६ जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि शुक्रबार यस प्रदेशमा ५६५ जनामा संक्रमण पुष्टि हुँदा २३ जना निको भएका थिए। सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१७ जनाको ज्यान गइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved