मनिषा अभिनित फिल्म ओस्कारको प्रतिस्पर्धामा

नेपाल भ्यूज

मनिषा अभिनित फिल्म ओस्कारको प्रतिस्पर्धामा

एजेन्सी। ९४ औं एकेडेमी (ओस्कार) अवार्डमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने २ सय ७६ वटा फिल्मको नाम सार्वजनिक गरिएको छ। यस सूचीमा मनिषा कोइराला अभिनित फिल्म ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस’ पनि समावेश छ।

कोइरालाले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएकी हुन्। २०२१ मा रिलिज भएको यस अमेरिकी कमेडी ड्रामाको निर्देशन र लेखक गीता मलिकले गरेकी हुन्। यो फिल्म १९ नोभेम्बर २०२१ मा अमेरिकामा रिलिज भएको थियो। फिल्ममा सोफिया अली, मनिषा कोइराला, ऋष शाह र आदिल हुसैनले काम गरेका थिए।

ओस्कार अवार्डको घोषणा २७ मार्चमा हुनेछ। त्यसअघि २७ जनवरीदेखि १ फेब्रुअरीसम्म मनोनयनका लागि भोटिङ गर्न सकिनेछ। ८ फेब्रुअरीमा ओस्कारमा मनोनयन हुने फिल्महरूको अन्तिम सूची सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved