टी-ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, सोमपाल परेनन्

पहिलो पटक नेपालको स्टार क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपाली टिमले खेल्दैछ। अष्ट्रेलियमा बिग ब्यास खेलिरहेका सन्दीप पनि बिग ब्यासको लिग चरणको खेल सकेर नेपाल फर्कँदैछन्।

नेपालभ्युज

टी-ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, सोमपाल परेनन्

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता खेल्ने १६ सदस्यीय नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ।

क्यानले बिहीबार सार्वजनिक गरेको टिममा युवा ब्याटर लोकेश बम र विवेक यादवले पहिलो पटक राष्ट्रिय टिममा ठाउँ पाएका छन्। लोकेश र विवेकले घरेलु प्रतियोगितामा उत्कृष्ट खेल देखाएसँगै राष्ट्रिय टिममा छनोट भएका हुन्।

टिमका नियामित खेलाडी विकेट किपर बिनोद भण्डारी र तीव्र गतिका बलर सोमपाल कामी भने यो पटक टिममा परेका छैनन्। चोटका कारण सोमपाल टिममा पर्न नसकेको क्यानले जनाएको छ।

टिममा अर्का तीव्र गतिका बलर जितेन्द्र मुखियासँगै ब्याटर प्रदिप ऐरीले भने पुनरागमन गरेका छन्।

पहिलो पटक नेपालको स्टार क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा नेपाली टिमले खेल्दैछ। अष्ट्रेलियमा बिग ब्यास खेलिरहेका सन्दीप पनि बिग ब्यासको लिग चरणको खेल सकेर नेपाल फर्कँदैछन्।

उनको टिम होबर्ट हरिक्यान्स प्ले अफमा पुगे पनि राष्ट्रिय टिमको जिम्मेवारीको कारण बिग ब्यास बीचमा नै छाडेर उनी नेपाल आउन लागेका हुन।

यसैवर्षको अक्टोबरमा अष्ट्रेलियमा आयोजना हुने टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपाल ग्रुप ‘ए’मा रहेको छ। जसको छनोट खेल आउँदो १७ फेब्रुअरीदेखि ओमानमा आयोजना हुनेछ।

तर, कोभिडको कारणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आधिकारिक रुपमा विश्वकप छनोटको खेलतालिका सार्वजनिक गरेको छैन।

यो समूहमा रहेका आठ टिमलाई पनि दुई समूहमा बाँडिएको छ। जसमा ग्रुप ‘टू’ मा नेपालसँगै ओमान, क्यानडा र फिलिपिन्स रहेका छन्। अर्को ग्रुप ‘वान’ मा टेष्ट मान्यता प्राप्त राष्ट्र आयरल्याण्डसँगै यूएई, जर्मनी र बहराइन रहेका छन्।

समूहमा चरणको खेलमा शीर्ष स्थानमा रहेका दुवै टिमले सेमिफाइनलमा भिडन्त गर्नेछन् भने सेमिफाइनल विजेता दुई टिमले फाइनलसँगै विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

नेपाली राष्ट्रिय टिम
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, करण केसी, जितेन्द्र मुखिया, अभिनाश बोहोरा, शाहब आलम, प्रदीप ऐरी, कमल सिंह ऐरी, विवेक यादव र लोकेश बम।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved