पछिल्लो २४ घण्टामा विश्वभर साढे ३२ लाख बढी सङ्क्रमित थपिए

नेपालभ्युज

पछिल्लो २४ घण्टामा विश्वभर साढे ३२ लाख बढी सङ्क्रमित थपिए

काठमाडौं। विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन् । अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजार छन्।

त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार छन्। यता इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक ला ५७ हजार, जर्मनीमा एक लाख २१ हजार छन्। अर्जेन्टिनामा एक लाख २८ हजार सङ्क्रमित भेटिदा बेलायतमा एक लाख ८ हजार थपिएका हुन्।
यही अवधिमा १६ लाख ६५ हजार निको भएका छन् ।

८ हजार २४३ जना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जना छन्।
त्यसै गरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना सङ्क्रमितको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved