रियल म्याड्रिडबाट फुटबलर इडेन हजार्ड बाहिरिने

नेपालभ्युज

रियल म्याड्रिडबाट फुटबलर इडेन हजार्ड बाहिरिने

काठमाडौँ। रियल म्याड्रिडबाट बेल्जियमका स्टार फुटबलर इडेन हजार्ड बाहिरिने भएका छन्। प्रिमियर लिग क्लब न्यूक्यासलमा नयाँ व्यवस्थापन आएपछि हजार्डलाई भित्र्याउन पहल गरिरहेकाले रियल म्याड्रिड छाड्ने मिडिया रिपोर्टहरूले बताएका छन्।

न्यूक्यासलको प्रस्तावलाई रियल म्याड्रिडले स्वीकार गरे पनि हजार्डले भने अस्वीकार गरेका छन्। न्यूक्यासलले जनवरी ट्रान्सफर विन्डोमा आफ्नो टिमलाई बलियो बनाउने कसरत गरिरहेका बेला हजार्डको विषय मिडियामा आएको छ।

न्यूक्यासलले हजार्डका लागि ४० मिलियन युरो प्रस्ताव गरेको र रियल म्याड्रिडले सो प्रस्ताव स्वीकार गरे पनि हजार्डले अस्वीकार गरेको बताइएको छ। हजार्डले आफ्नो पुनरागमन हुनेमा विश्वस्त हुदै च्याम्पियनसिप लिग खेल्ने क्लबमा जान इच्छा देखाइरहेको मिडिया रिपोर्टमा उल्लेख छ।

न्युक्यासल जान अस्वीकार गरे पनि अब रियल म्याड्रिडमा हजार्डको भविष्य नरहेको विश्लेषण छ। चेल्सीबाट २०१९ मा रियल म्याड्रिडले १२० मिलियन डलरमा हजार्डलाई भित्र्याए पनि यो कदम पूर्णतया असफल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved