कर्मचारीमा कोरोना देखिएपछि सन्धिखर्क र नरैनापुर नगरपालिका बन्द

कर्मचारीमा कोरोना देखिएपछि सन्धिखर्क र नरैनापुर नगरपालिका बन्द

बुटवल। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र बाँकेको नरैनापुर गाउँपालिका बन्द भएका छन्।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि माघ ८ गतेसम्म नगरपालिका कार्यालय बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए। नगरप्रमुख कमलप्रसाद भुसालसहित १५ जनामा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू माघ ८ गते सम्मका लागि बन्द गरिएको जानकारी अर्यालले दिए।

नगर प्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ५७ जनामा एन्टिजेन्ट परीक्षण गरेको थियो। १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पूर्णप्रसाद पराजुलीले बताए।

नगरपालिकाद्धारा जारी गरिएको सूचनामा सन्धिखर्क नगरकार्यपालिकाको निर्णय अनुसार सोमबारदेखि लागू हुनेगरी ७ माघसम्म नियमित कामकाज तथा सेवा बन्द गर्ने निर्णय भएको हो। ९ माघदेखि नगरपालिकाको नियमित कामकाज हुने बताइएको छ।

यसैगरी कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएपछि बाँकेको नरैनापुर गाउँपालिका मंगलबारदेखि बन्द भएको छ।

गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोरोना देखिएपछि माघ ८ गतेसम्म गाउँपालिका बन्द गरिएको अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए।

संक्रमित भएका सबै कर्मचारीहरू होमआइसोलेसनमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको उनको भनाइ छ।
प्रशासनिक काम बन्द भएपनि स्वास्थ्य सेवा भने नियमित रहेको छ। पछिल्लो दुई सातादेखि बाँकेमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved