लुम्बिनीमा एमालेलाई सकसः धमाधम पार्टी छाड्दै असन्तुष्ट नेता तथा कार्यकर्ता

स्थानीय निर्वाचनका लागि उम्मेदवारी र टिकट वितरणमा व्यापक मनोमानी भएको उनीहरूले ठहर गरेका छन्।

लुम्बिनीमा एमालेलाई सकसः धमाधम पार्टी छाड्दै असन्तुष्ट नेता तथा कार्यकर्ता

बुटवल। नेकपा (एमाले) नेता तथा कार्यकर्ताहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिन थालेका छन्।

स्थानीय निर्वाचनका लागि उम्मेदवारी र टिकट वितरणमा व्यापक मनोमानी भएको उनीहरूले ठहर गरेका छन्। साथै पार्टी केही व्यक्तिको कब्जामा रहेको र कम्युनिष्ट आचरणविपरीत कार्य भएकाले पदबाट राजीनामा दिएको उनीहरूले खुलाएका छन्।

उनीहरूले पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको आज जारी गरिएको सूचनामा उल्लेख गरेका छन्।

यसरी राजीनामा दिनेहरूमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्तालगायत २८ जना छन्। त्यस्तै प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्ला विभाग, युवासंघ,अनेमा संघलगायतले राजीनामा दिएका छन्।

पुरानै उम्मेदवार दोहोर्‍याएपछि राजीनामा

त्यस्तै रुपन्देहीको सैनामैनामा पुरानै व्यक्तिलाई नगरको मेयर र उपमेयर टिकट दिने निर्णयको विरोध गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य खुशीराम चौधरीसहित नेताहरूले पनि पार्टी परित्याग गरेका छन्।

मेयर पदका आकांक्षी रहेकाहरू चौधरीसहित प्रदेश कमिटी सदस्यहरू नरबहादुर घर्तीमगर, शालिकराम भण्डारी तथा जिल्ला कमिटी सदस्यहरू हेमन्त थापा, शिवलाल बस्याललगायत नेता/कार्यकताले राजीनामा दिएका चौधरीले जानकारी दिए।

उनीहरूले पार्टीका नगर अध्यक्ष चेतनारायण न्यौपानेलाई संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन्।

No description available.

सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की र उपप्रमुख बिना रानामगरलाई पार्टीले पुनः टिकट दिएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्। उनीहरूले आइतबार साँझ राजीनामा दिएका हुन्।

यसपछि कसरी अघि बढ्ने भन्नेबारे निर्णय नभइसकेको चौधरीले बताए। पार्टीको निर्णय सच्चाउन पनि उनले नेतृत्वसँग आग्रह गरे।

 

No photo description available.

No photo description available.

No photo description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved