मेयरको टिकट नपाएपछि कांग्रेसका क्षेत्रीय सभापति लम्सालले छाडे पार्टी

लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति रहेका थिए।

मेयरको टिकट नपाएपछि कांग्रेसका क्षेत्रीय सभापति लम्सालले छाडे पार्टी

बुटवल। बुटवल उपमहानगरपालिकामा मेयरको टिकट नपाएपछि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

पार्टीले एकलौटी काम गरेको भन्दै लम्सालले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

लम्सालले आज जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर राजीनामा बुझाएका छन्। पार्टीले एकलौटी र षड्यन्त्रपूर्वक नगर प्रमुखहरुको नाम सिफारिस गरेको उनको आरोप छ।

नगर सभापतिहरुले एकलौटीबारे आवाज उठाउँदासमेत बेवास्ता भएको उल्लेख गर्दै लम्सालले इमान्दारीता, निष्ठा र विधानको कुनै महत्व रहेनछ भन्ने निष्कर्ष निकालेर राजीनामा दिएको उल्लेख गरेका छन्।

लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएका लम्साल दुई कार्यकाल क्षेत्रीय सभापति रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved