नगरप्रमुखसहित १६ जनामा कोरोना पुष्टि भएपछि सन्धिखर्क नगरपालिकाको सेवा बन्द

नगरप्रमुखसहित १६ जनामा कोरोना पुष्टि भएपछि सन्धिखर्क नगरपालिकाको सेवा बन्द

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका नगरप्रमुखसहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि यही ८ माघसम्म नगरपालिकाको सेवा बन्द हुने भएको छ। अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू ८ माघ सम्मका लागि बन्द गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।

नगरप्रमुख कमलप्रसाद भुसाललाई कोरोना देखिएपछि सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले आज ५७ जनामा एन्टिजेन परीक्षण गरेको थियो । १७ जनामा एन्टिजेन परीक्षण गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य शाखाप्रमुख पूर्णप्रसाद पराजुलीले बताए।

नगरपालिकाद्वारा जारी गरिएको सूचनामा सन्धिखर्क नगर कार्यपालिकाको निर्णयअनुसार ४ माघदेखि लागू हुने गरी ७ माघसम्म नियमित कामकाज तथा सेवा बन्द गर्ने निर्णय भएको हो। ८ माघ शनिबार परेको छ। त्यसैले, ९ माघ आइतबारदेखि नगरपालिकाको नियमित कामकाज हुनेछ।

साथै नयाँ भेरियन्टसहितको जोखिम सन्धिखर्क नगरपालिकाभित्रमा पनि देखिन सक्ने भएकाले उच्च सतर्कता अपनाउन नगरपालिकाले नगरवासीमा अनुरोधसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved