एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

नेपालभ्युज

एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ।

पोखरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्। उनले निर्धारित सबै कार्यक्रम स्थगित गरेको र आफू आइसोलेसनमा रहने पनि जानकारी दिएका छन्।

यसअघि, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved