अफगानी नागरिकलाई सहयोग गर्न यूएन महासचिव गुटेर्रेसको आग्रह

गुटेर्रेसले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मुख भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका कार्यक्रहरु सञ्चालन होस् भन्ने चाहेको पनि बताए।

नेपालभ्युज

अफगानी नागरिकलाई सहयोग गर्न यूएन महासचिव गुटेर्रेसको आग्रह

एजेन्सी। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गरेका छन्।

दशौँ लाख अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने गुटेर्रेसले बताएका छन्।

गुटेर्रेसका अनुसार संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ। पछिल्लो समयमा आफगानी नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको उनले बताएका छन्।

‘अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ,’ गुटेर्रेसले भनेका छन्, ‘हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उहाँले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो।’

गुटेर्रेसले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मुख भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका कार्यक्रहरु सञ्चालन होस् भन्ने चाहेको पनि बताए।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन्।

संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved